सिटीवान टेलिभिजनकाे तीज गीत प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ १ गते १७:३८

पोखरा ।
पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । ‘तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९’ नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।

टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । जस अनुसार आउँदो भाद्र १० गते शुक्रवार मौलिक खुल्ला तीजगीत प्रतियोगिता आयोजना गर्न लागेको पनि उनको भनाई थियो ।

प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरि नै मनाउनका लागि मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई थियो । उनले भनिन्–‘ सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनु पर्छ, दर सस्कृती के हो आदी विषयमा जानकारी दिदै हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो मेला संचालन गर्न लागेका हौं ।’

Advertisement

करिव ५० समुहको सहमागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी जस्ता सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।

भदौको १० गते सुक्रवार पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।
मंगलवार एक विज्ञप्ती जारी गर्दै पछिल्लो अवस्थामा तीज सस्कृतीको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतीले जानकारी दिए । उनले टेलिभिजन स्थापना पनि राजनीति भन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक र सास्कृतिक उन्नतीका लागि सहकार्य गर्ने मुख्य उद्धेश्य रहेको जानकारी दिए । उनले भने ‘गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरुलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरु पनि आयोजना गर्ने उद्धेश्य लिएको छ ।’

Advertisement

मेलाको कार्यक्रम स्थलमा दिर्घायू अस्पतालको सहकार्यमा वृहत हेल्थ क्याम्प संचालन हुने छ भने भाद्रको पहिलो हप्ता तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने मेला संचालन सल्लाहकार संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् । उनका अनुसार मेलामा सहभागी सवैलाई दर संस्कृतीको वारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ ।

कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने छ भने सहभागी समुहलाई निशुल्क टिम दर्ताको आव्हान गरिएको छ । सहभागी सवै समुहलाई यातायात भाडाको व्यवस्था गरिएको कार्यक्रम संयोजक सरला त्रिपाठीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया