कोपिला नेपाललाई लायन्स क्लवको सहयोग

समाधान संवाददाता २०७९ भदौ २ गते १३:४८

पोखरा ।
लायन्स क्लव अफ पोखरा संमृद्धिले संस्थापक सदस्य स्व मिथिला मल्लको जन्म तिथिको सम्झनामा पोखरा ६ जरेबरस्थित कोपिला नेपलका बालबालिकाहरुलाई दर खुवाएको छ । प्रमुख अतिथि लायन्स क्लवका डिष्ट्रिक गर्भनर ३२५ के नेपालका राजेन्द्र बाटाजुले कार्यक्रमको उत्घाटन गर्दै ‘आफ्नो खुशी अरुलाई दिनु पनि सेवा हो’ बताए ।

यौन हिंसामा परेका बालबालिकालाई संरक्षण र शिक्षा दिने काम गर्दै आएको संस्थालाई धन्यवाद दिदैं बालबालिका प्रति ठुलो योगदान दिएको भन्दै प्रमिला श्रेष्ठ जोशीलाई प्रमुख अतिथिले लायन्सको पिन लगाई सम्मान गरेका थिए । शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै कोपिला नेपालका प्रबन्धक निर्देशक बिना सिलवालले संस्थालाई सहयोग गर्ने संघ संस्था दाता र लायन्स क्लव अफ पोखरा संमृद्धिलाई धन्यवाद दिएकी थिइन् ।

प्रदेश सरकार र पोखरा महानगरपालिकाले भावनात्मक आस्वासन र प्रसंसा मात्र दिने गरेको तर व्यावहारीक रुपमा आर्थीक सहयोग नगरेको उनको गुनासो छ । प्रदेश सरकार र महानगरको समन्वयनमा पोखरा ३३ मा निर्माण भएको महिला सुरक्षा घर दुई वर्ष बित्दा सम्म पनि हस्तान्तरण नगरिएको उनले जानकारी दिइन् ।

Advertisement

क्लवका अध्यक्ष देबी श्रेष्ठ र कोषाध्यक्ष ललीता रंजीतले जनही ५/५ हजार कार्यक्रम संयाेजक जोन ३६ जोन चेयर प्रसन तथा मिथिला अक्षयकाेषका संयाेजक रेवीका कायस्थ श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । कार्यकक्रमको अध्यक्षता क्लवका अध्यक्ष देबी श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संचालन क्लवका प्रथम उपाध्यक्ष शान्ती श्रेष्ठले गरेकी थिइन् ।

संस्थामा विभिन्न स्थानमा गरेर ५८ जना यौन हिंसामा परेका १० देखि १८ बर्ष सम्म बालबालिका छन् । संस्थाले यौन हिसांमा परेका बालबालिकाका अधिकार हक हित, शैक्षिक क्षेत्र, जन्म दर्ता, नागरिकता, अपांगता कार्ड, विवाह दर्ता बनाउन सहयोग गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया