
जोमसोम ।
धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई जोन सेवा प्रदान गरेको छ । बदलिदो प्रविधिको युगमा आम नागरिकलाई अतिआवश्यकीय सेवाको रुपमा रहेको ईन्टरनेट सेवा सुविधा सहज बनाउन घरपझोङ गाउँपालिकाले पालिकाको ५ वटै वडाहरुमा फ्री वाईफाई विस्तार गर्ने गरी यसको प्राविधिक जडान गर्ने कार्य भईरहेको बताइएको छ ।
घरपझोङ गाउँपालिका क्षेत्रभित्र सूचना प्रविधिको विकास र प्रर्वद्धन गरी स्थानीय जनताको पहुँच स्थापित गरी सेवा प्रवाहलाई सहज बनाउन पालिकाको ५ वटै वडाहरुमा फ्री वाईफाई सेवा संञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पालिकाले सबै वडाहरुको महत्वपूर्ण क्षेत्र स्थानमा वाईफाई सेवा प्रवाह गर्न लागेको हो ।
घरपझोङले सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट,जिल्ला प्रशासन कार्यालय, जोमसोम वालउद्यान, छैरो, चिमाङ, मार्फा, स्याङ, ठिनी र ढुम्बाताल लगायतका स्थानमा फ्री वाईफाई जडान कार्य सुरु गरेको प्रशासकीय अधिकृत आचार्यले बताए ।
घरपझोङमा फ्री वाईफाई सेवा संञ्चालनपछि स्थानीय र आन्तरिक तथा वाह्य पर्यटकलाई देश विदेशको सूचना समाचारका साथै, फोटो अपलोड, भिडियो कल र सरकारी कामकाजलाई समेत सहज बनाउने बताइएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि फ्री वाईफाई तथा सीसीटिभि जडान कार्यका लागि पालिकाको नीति तथा कार्यक्रममा समेट्दै गाउँसभाबाट ६ लाख बजेट विनियोजन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले फ्री वाईफाई जडानकार्य सकिए लगत्तै जोमसोमक्षेत्रको महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया