रेबान पोखरा अध्यक्षमा भट्टराई

पोखरा ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको २८ औं वार्षिक साधारणसभा तथा १५ अधिवेशनले नरेश भट्टराईको अध्यक्षमा सर्वसम्मत १३ जना कार्यसमिति सदस्य चुनेको छ । बिहीबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्ष वसन्त गौतम, महासचिव विकास भट्टराई, कोषाध्यक्ष रोशनजंग कार्की, सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् ।
सदस्यमा लोकबहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बानियाँ, वीरेन्द्र शेरचन, लोकप्रसाद ढकाल र निवर्तमान अध्यक्षमा लक्ष्मण बराल छन् । कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई चलायमान राख्न नयाँ कार्यसमितिले गम्भीर भएर काम गर्नुपर्ने बताए । रत्न मन्दिर तथा हिमागृह खुला गर्न सकेमा पर्यटकहरुको बसाइ लम्बिने उनको भनाइ छ ।
व्यावसायिक हकहित तथा सुरक्षाको आवाज उठाउदै आएको रेबानले पोखरा सडक महोत्सव सहित विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । समारोहमा रेवानलाई विभिन्न समयमा सहयोग पुर्याउने व्यक्तित्व र तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।
रेवान पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगाना सम्मानित भएका छन् । ढुंगनालाई रेवनले २५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत प्रदान गरेको हो । यो पुरस्कारबाट यसअघि कृष्णमणि बराल, सागरराज तिमिल्सिना र विनोद लामिछाने पुरस्कृत भइसकेका छन् ।









गीत, गगल्स र विनोद गौचन
सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला
फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया