कोपिला नेपाललाई लायन्स क्लबको सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा समृद्धिले संस्थापक सदस्य स्वर्गीय मिथिला मल्लको जयन्तीको सम्झनामा पोखरा ६ जरेबरस्थित कोपिला नेपलका बालबालिकाहरुलाई दर खुवाएको छ । प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रिक गर्भनर ३२५ के नेपालका राजेन्द्र बाटाजुले कार्यक्रमको उत्घाटन गर्दै आफ्नो खुसी अरुलाई दिनु पनि सेवा भएको बताए ।
यौन हिंसामा परेका बालबालिकालाई संरक्षण र शिक्षा दिने काम गर्दै आएको संस्थालाई धन्यवाद दिँदै बालबालिकाप्रति ठूलो योगदान दिएको भन्दै प्रमिला श्रेष्ठ जोशीलाई प्रमुख अतिथिले लायन्सको पिन लगाई सम्मान गरेका थिए । शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै कोपिला नेपालका प्रबन्धक निर्देशक बिना सिलवालले संस्थालाई सहयोग गर्ने संघ संस्था दाता र लायन्स क्लब अफ पोखरा समृद्धिलाई धन्यवाद दिएकी थिइन् ।
प्रदेश सरकार र पोखरा महानगरपालिकाले भावनात्मक आश्वासन र प्रशंसा मात्र दिने गरेको तर व्यावहारिक रुपमा आर्थिक सहयोग नगरेको उनको गुनासो छ । प्रदेश सरकार र महानगरको समन्वयनमा पोखरा ३३ मा निर्माण भएको महिला सुरक्षा घर दुई वर्ष बित्दासम्म पनि हस्तान्तरण नगरिएको उनले जानकारी दिइन् ।
क्लबका अध्यक्ष देवी श्रेष्ठ र कोषाध्यक्ष ललिता रञ्जीतले जनही ५÷५ हजार कार्यक्रम संयोजक जोन ३६ जोन चेयर प्रसन तथा मिथिला अक्षयकोषका संयोजक रेविका कायस्थ श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । कार्यकक्रमको अध्यक्षता क्लवका अध्यक्ष देवी श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम सञ्चालन क्लबका प्रथम उपाध्यक्ष शान्ति श्रेष्ठले गरेकी थिइन् ।
संस्थामा विभिन्न स्थानमा गरेर ५८ जना यौन हिंसामा परेका १० देखि १८ वर्षसम्म बालबालिका छन् । संस्थाले यौन हिसांमा परेका बालबालिकाका अधिकार हक हित, शैक्षिक क्षेत्र, जन्म दर्ता, नागरिकता, अपांगता कार्ड, विवाह दर्ता बनाउन सहयोग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया