प्रतिभाका विद्यार्थीलाई अनिलकेशरी शाहकाे माेटिभेषनल स्पिच

पोखरा ।
बैंकर अनिलकेशरी शाहले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई सही विषय छनोट गर्न सुझाएका छन् । एसइई उत्तीर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई सुझाव दिँदै शाहले यही बेला सही विषय छान्नपर्ने बताए ।
पोखराको प्रतिभा माविले शुक्रबार आयोजना गरेको स्वागत तथा ओरियन्टेसन कार्यक्रममा शाहले थप सुझाव थियो– कपितयले पढ्न पनि पाएका छैनन् । चाहेर पनि पढ्न नपाउने धेरै छन । त्यसैले पढ्न नपाएका व्यक्तिका लागि पनि पढ्न पाउनेले पढिदिनुपर्छ ।’
बैंकमा आफूले जागिर सुरु गरेदेखि ३ दशक अवधिमा भोगेको झन्झट र आफूप्रतिको अविश्वास पनि उनलेसुनाए । शाह भन्छन, ‘अबको समय यस्तो आयो, तपाईको घर कहाँ हो भनेर कसैले सोध्दैन, तपाईले के गर्नुभयो भनेर सोध्नेछन् । त्यसैले लक्ष्य समात्नुस् ।’ आफूले ३१ वर्षे बैंकिङ करियरमा दिनमा १२ घन्टा बैंकमा काम गरेको अनुभव उनले सुनाए । ‘३१ वर्षसम्म मेरो दैनिकी एउटै थियो । त्यसैले लक्ष्य समात्नुस् । म के काम गर्छु भन्न नसक्नेले कतै पनि सफलता पाउदैन ।’
उनले विद्यार्थीलाई सुझाव दिँदै अभिभावक र गुरुको सन्देश सुन्ने तर निर्णय आफैं गर्नुपर्ने सुझाए । ‘के गर्दा राम्रो हुन्छ भनेर सोच्नुस् । आफ्नो जिन्दगीको बारेमा आफैं निर्णय गर्नुस्,’ प्रतिभा माविका निर्देशक किरण सापकोटाले ११ र १२ कक्षा राम्रोसँग अध्ययन गरेर जीवनको बाटो तय गर्न विद्यार्थीलाई सुझाए । ‘११ र १२ कक्षालाई भविष्यको माध्यम बनाउनुपर्छ । भविष्य कता लैजाने भनेर यही बेला निर्णय गर्ने हो,’ उनले भने । उनले प्रतिभा माविले भविष्यमा पोखरामै प्रतिभा स्पोर्ट्स एकेडेमी बनाउने तयारी भएको जानकारी दिए । बिबिए, इन्जिनियरिङ लगायतका कक्षा पनि सञ्चालनको तयारी गरिरहेको उनको भनाइ छ । प्रतिभामा मन्टेसरीदेखि १२ कक्षासम्म करिब २ हजार ९ सय विद्यार्थी छन् ।
प्रतिभा एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भविष्य उनीहरु आफैंले तय गर्नुपर्ने भएकाले त्यही अनुसार अध्ययन गर्न सुझाव दिए । शिक्षाको गुणस्तरलाई अब्बल बनाउन विद्यालयले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । कार्यक्रममा गायक प्रकाश दूतराज लगायत विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए । प्रतिभामा ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन पढाइ हुन्छ ।
तपाईको प्रतिक्रिया