पाेखरामा एटिएम फोडेर पैसा चाेर्ने पक्राउ
समाधान संवाददाता
२०७९ भदौ ४ गते २१:०६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा साउन २ गते एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने अनिश तामाङ हुन् । गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले लेखनाथबाट तामाङलाई पक्राउ गरेको हो ।
एटिएम फोडेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । एनएमबी बैंकले एटिएमबाट १४ लाख ७१ हजार पाँचसय रुपैयाँ हराएको प्रहरीलाई बताएका थियो । तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । ‘बिचमा सार्वजनिक बिदा भएकाले जिल्ला अदालतबाट म्याद थपको काम बाँकी रह्यो । भोली म्याद थप गरेर सार्वजनिक गर्छौं,’ तिवारीले भने ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया