भजन चुड्का प्रतियोगितामा शिशुवा सत्संग प्रथम

पोखरा ।
राधाकृष्ण सांस्कृतिक समूह पोखरा ३२ ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुला भजन चुड्का प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रथम शिशुवा सत्संग भजन समूह पोखरा २९ भयो भने द्वितीय स्थान माछापुच्छ्रे भजन समुह हेमजा पोखरा २५ ले जित्यो ।
पञ्चासे भजन समूह पोखरा २४ तृतीय बन्दा सान्त्वना स्थान कामधेनु कृषि महिला भजन समूह हेमजाले जित्यो । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । समारोहमा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले मौलिकतायुक्त प्राचीन संस्कृतिको जगेर्ना सबैको दायित्व भएको बताए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले धर्म, संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले प्रदेशमा विद्यमान कला, संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता गरे । राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभूषण खनालले समूहको तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी श्रीकृष्ण जन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाल लगायतले लोपोन्मुख संस्कृति जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताए । प्रतियोगितामा ११ समूह सहभागी थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया