ङयोए तमु धींमा शिविर
समाधान संवाददाता
२०७९ भदौ ५ गते १६:४०

लेखनाथ l
ङयोए तमु धीं लेखनाथ र संयुक्त गोर्खा भूपू सैनिक क्लबले शनिबार स्वाथ्य सिविर र सचेतना कार्यक्रम आयोजना गरेका छन् । रोग लाग्नुपर्व नै निरोगी बन्नका लागि सन्तुलित आहारविहारदेखि समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने कार्यक्रमका वक्ताहरुले बताए ।
पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले निरोगी वडावासीको अभियानलाई सार्थक रुप दिन वडाले काम गर्दैै आएको बताए । शिविरमा १ सय १६ जनालेसेवा लिएका छन् । वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रविमोहन ढकालले स्वच्छ पोखरा, स्वस्थ पोखरेली बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव काशीमाया गुरुङले पनि बोलेकी थिइन् ।
सम्बन्धित








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया