माझठाना सम्पर्क समाजको तिज विशेष कार्यक्रम

पोखरा ।
माझठानामा जन्मस्थान भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको संस्था माझठाना पोखरा सम्पर्क समाजद्धारा तिज विशेष एवम् सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । पोखरा सितलदेवीस्थित बरालडाँडा तमु समाजको भवनमा आयोजित कार्यक्रममा समाजमा आवद्ध महिलाले नाचगान गर्दै सामूहिकरुपमा दर खाएर माईती र चेलेबेटी बीच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमको उद्घाटन गर्दै वडाको विकास निर्माणमा समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । समाजका संस्थापक अध्यक्ष समेत रहेका उनले वडाको विकास निर्माणसंगै समृद्धिको अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आवश्यक सल्लाह र सुझावको अपेक्षा गरे ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीबाट २०७८ सालको एसईई परिक्षामा सर्वोत्तकृष्ट अंक ल्याउन सफल रचना तिवारीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य डाल्डादेवी भुजेल, सल्लाहकार प्रा.डा.निर्मल लामिछाने, घरेलु तथा साना उद्योग केन्द्रीय सदस्य गिता तिवारी, डा. शान्ता खत्री पौडेल, संस्थाको उपाध्यक्ष भोला ओझा लगायतले हरितालीका तिज पर्वको महत्व माथि चर्चा गरेका थिए ।
संस्थाले महिलाहरुको महान पर्व तिजको अवसरमा यही १० गते शुक्रवार पोखराको अमरसिंह चोकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने समाजका सचिव रामकृष्ण तिवारीले जानकारी दिए ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया