‘फूलबारी क्लबको कार्य प्रशंसा याेग्य’

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सबल समाज निर्माणमा फूलबारी क्लबको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार पोखरा ११ स्थित क्लबको प्राङ्गणमा आयोजित ३१ औं वार्षिकोत्सव एवम् साधारण सभा कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘सक्षम र सबल समाज निर्माणमा फूलबारी क्लबको भूमिका महत्वपूर्ण छ । सामाजिक विकृति र विसंगतिका विरुद्धमा क्लबले गरेका कार्यको म प्रशंसा गर्दछु ।’, उनले भने । उनले पछिल्लो समय युवाहरु दुव्र्यसनीको शिकार भइरहेको र यसलाई न्यूनिकरणमा क्लबहरुले विशेष चासो राख्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
मन्त्री थापाले अन्य क्षेत्रका लागि पनि फूलबारी क्लब उदाहरणीय बन्दै गएको बताए । पोखरा ११ मा नै स्थापना गरिएको फूलबारी संस्कार सदनको समेत उद्घाटन गर्दै मन्त्री थापाले सदनका कारण फूलबारीमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्ने विश्वास लिएका छन् ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाका लागि आफ्नो र प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । ‘क्लबको दुखसुखमा साथमा छु । शिक्षा, स्वास्थ्य, साहित्य, सरसफाई, खेलकुद, वृक्षारोपण साथै सामाजिक सचेतना जगाउने काममा क्लबले गरेको कामको प्रशंसा गर्दछु । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापनाका लागि मेरो साथ समर्थन रहनेछ ।’, उनले भने ।
पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले वडाबाट हुन सक्ने सहयोग क्लबलाई गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफु भर्खरै मात्र आएको र सबैको सल्लाह, सुझावका आधारमा अगाडि बढ्ने बताए । पोखरा ११ का निवर्तमान वडाध्यक्ष मोहन प्रसाद बास्तोलाले क्लबले गरेका कामबाट जनताले प्रत्यक्ष रुपमा लाभ लिन पाएको बताए ।
क्लबका पूर्व अध्यक्ष माधव प्रसाद बास्तोला ‘मधु’ ले युवा शक्तिलाई अनुशासन, व्यवसायिक र सेवा प्रतिको भावना जगाउन क्लबको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
कार्यक्रममा सचिव जनार्दन बास्तोलाले सचिवको प्रतिवेदन पेश गरेका थिए । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र सामाजिक क्षेत्रमा गत आर्थिक वर्षमा पनि उल्लेखिय काम गरेको उनले बताए । कोषाध्यक्ष गणेश बहादुर कार्कीले क्लबले आर्थिक वर्ष २०७८ र ०७९ मा १५ लाख १२ हजार २ सय ५६ रुपैयाँ १५ पैसा आम्दानी गरेको र ११ लाख ३१ हजार २ सय ५४ रुपैयाँ ४३ पैसा खर्च गरेको विवरण पेश गरे । कार्यक्रमको समापन क्लबका अध्यक्ष हरिशचन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया