पोखरा उद्योग वाणिज्य संघ: आज टिम घोषणा गर्दै पवन

पोखरा l
पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पवन प्रजापतीले सोमबार आफ्नो प्यानल घोषणा गर्ने भएका छन् । त्यसका लागि उनले बिहान पत्रकार सम्मेलन आयोजना गरेका छन् । अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका प्रजापती अध्यक्षमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका थिए ।
पवनलाई अघिल्लो निर्वाचनमा एउटै टिमबाट निर्वाचन लडेका उपाध्यक्ष अर्जुन पोखरेलले चुनौती दिँदै छन् । अर्जुनले यसअघि नै पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले टिम भने घोषणा गरेका छैनन् । स्रोतका अनुसार पवनको टिमबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीलाई उम्मेदवार घोषणा गरिँदैछ भने उद्योगतर्फको उपाध्यक्षमा हीरामणि पण्डित र वाणिज्य तर्फको उपाध्यक्ष्मा उत्तममान बुद्धाचार्य निर्वाचन लड्दैछन् ।
पवन प्यानलबाट महासचिवमा बलराम आचार्यको उम्मेदवारी घोषणा हुँदैछ । आचार्य अहिलेको कार्यसमितिमा पनि महासचिव नै छन् । त्यस्तै उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको टिम घोषणा हुन लागेको पवन प्रजापती निकट स्रोतले समाधानलाई बतायो । पोखरा उद्योग वाणिज्य संघको अधिवेशन यही भदौको २४ र २५ गते सम्पन्न हुँदैछ ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया