थकाली सेवा समितिको अध्यक्षमा रुजिन्द्र

पोखरा ।
थकाली सेवा समितिको पोखरामा शनिबार ६८ औं वार्षिक साधारणसभा एवं विशेष क्षेत्रीय अधिवेशन भएको छ । अधिवेशनले अध्यक्षमा ई.रुजिन्द्र तुलाचन चयन गरेकाे छ । समितिले तुलाचनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा तेजेन्द्र तुलाचन र द्धितीय उपाध्यक्षमा पूर्णकुमारी शेरचन चयन भए । यसै गरि सह कोषध्यक्षमा यज्ञ कुमार गौचन तथा सदस्यमा बबि गौचन र उमेश तुलाचन रहेका छन् ।
मुस्ताङ जिल्लाका संघीय सांसद प्रेम प्रसाद तुलाचनले अधिवेशनको उद्घाटन गर्दै थकाली सेवा समिति पोखराले आफ्नो रीतिथीति, भाषा र धर्म संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष सोम प्रसाद तुलाचन, क्षेत्रीय समिति पोखराका निर्वतमान अध्यक्ष शिव शंकर गौचन, डा। सोमत सिं तुलाचन र मिन बहादुर शेरचनले शुभकामना व्यक्त गरेका थिए ।
कार्यवाहक अध्यक्ष ई.रुजिन्द्र तुलाचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तेजेन्द्र तुलाचनले स्वागत मन्तव्य राखेका थिए भने सचिव अशोक कुमार भट्टचनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपी तुलाचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अशोक कुमार भट्टचनले गरेका थिए ।








हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया