गहना र कपडालाई प्रतिष्ठाको विषय नबनाऔंः गुरुङ

पोखरा l
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा जोड दिएकी छन् । आरकेडी उद्यमशील महिला क्लबले पोखरामा आयोजना गरेको हरितालिका (तीज) विशेष कार्यक्रममा उनले महिला व्यवसायी, शिक्षा र नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर अगाडि बढनुपर्ने विचार राखिन् ।
उनले भनिन्, ‘अब गहना र कपडा लगाउने प्रतिस्पर्धामा लागे महिला सशक्तीकरण र नेतृत्वमा स्थापित हुन सक्दैनौं । त्यसैले पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सक्षम हुनुपर्छ ।’ महिलालाई आर्यआर्जनसँग जोडिन उनको अनुरोध छ । महिलालाई सचेत र उद्यमी बनाउन पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिरहेकाले त्यसमा संलग्न हुन उनले आग्रह गरिन् ।
आरकेडी उद्यमशील महिला क्लब अध्यक्ष रीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का पूर्व वडा सदस्य पार्वती कार्की, उद्योग वाणिज्य संघका सदस्य मुना बास्तोला, हर्कबहादुर अधिकारी लगायतले बोलेका थिए ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया