विन्ध्यवासिनी मन्दिरको दानपेटिको चोरी गर्ने पक्राउ
समाधान संवाददाता
२०७९ भदौ ६ गते १९:४९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २ स्थित विन्ध्यवासिनी मन्दिर परिषद्को दानपेटिका चोरी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
भदौ ३ गते मन्दिरको दानपेटीका चोरी गरि फरार पोखरा २५ हेम्जा स्थित भोटे क्याम्प बस्ने ३०वर्षीय जिम्मिदोर्जेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुन्दर तिवारीले बताए ।
‘दानपेटीका चोरी गरेर फरार हुन साथ हामीहरुले घटनामा संलग्नलाई खोजिकार्य गरिएको थियो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार पक्राउ गर्न सफल भयो,’ डिएसपी तिवारीले भने । प्रहरीले उनको साथबाट दानपेटीका सहित पक्राउ गरेको तिवारीले बताए । कास्की जिल्ला अदालत ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तिवारीले बताए ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया