बगाले टोल तमुको सभा

पोखरा ।
पोखरा ८ बगालेटोल स्थित तमु धिं नेपालको क्षेत्रीय समाज बगालेटोल तमु समाजको आइतबार ३९ औं वार्षिक साधारणसभा भएको छ । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बगालेटोल तमु समाज पुरानो एवं अग्रणी समाज भएको बताए ।
तमु धिं एवं तमु समुदायमा रहेका हरेक आवाश्यकतालाई दिल फुकाएर साथ सहयोग गर्ने समाजको रुपमा बगालेटोल तमु समाजले पहिचान बनाएको उनको भनाइ छ । कार्यक्रममा सल्लाहकार प्रमुख मेजर डिलबहादुर गुरुङले समाजका सदस्यको क्रियाशीलताका लागि आग्रह गरे भने तमु धिं नेपालका केन्द्रीय सदस्य एवं बगालेटोल तमु समाजका पूर्व सचिव प्रेम गुरुङ सल्लाहकार क्या.इन्द्रबहादुर गुरुङ, समाजका बयोबृद्ध लालकाजी गुरुङ, आमा समिति अध्यक्ष पञ्चकुमारी गुरुङ र सचिव भीमबहादुर गुरुङले बोलेका थिए ।
साधारणसभाले सचिव भीमबहादुर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनश्री गुरुङले गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रम समाजका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया