मसिना सहकारीमा प्रकाशको नेतृत्व

लेखनाथ ।
मसिना पर्यटन सहकारी संस्था पोखरा ३२ को १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले प्रकाशचन्द्र गिरी (पागल) को नेतृत्वमा सर्वसम्वत नयाँ सञ्चालक समिति चुनेको छ । उपाध्यक्षमा रामचन्द्र खनाल र बिमला बस्नेत, सचिव विष्णु प्रसाद तिवारी, सहसचिव अर्जुन मल्ल र कोषाध्यक्षमा चिरञ्जीवी तिवारी छन् ।
समितिका सदस्यमा खमबहादुर पुन, पृथ्वीनारयाण श्रेष्ठ, सरिता ( लम्साल) वाग्ले, नारायणप्रसाद पाण्डे, पदमराज अधिकारी, परिवेश ओझा, तीर्थराज खनाल, सप्तनाथ कुँवर र धर्म तिमिल्सिना छन् । लेखा समितिको संयोजकमा पूर्णराज बोहोरा र सदस्यमा काशिनाथ धमला चुनिए ।
कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुरल विक (राजु)ले सहकारीहरुले समाज परिवर्तनका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहको लगानीलाई सुरक्षित गर्दै सहकारीले दीर्घकालीन प्रभाव पर्ने योजना ल्याउनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, बाटिका बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष धर्मबहादुर बस्नेत, समाजसेवी शिवजी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा, समाजसेवी पार्वती वाग्ले, सोमनाथ कँडेल, उपाध्यक्ष रामचन्द्र खनाल, सचिव विष्णु तिवारी लगायतले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारीहरुले सेयर सदस्यको मन जितेर लगानीलाई सुरक्षित गर्न सक्नुपर्ने विचार राखेका थिए ।
संस्थाका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहकारीले पोखरा ३२ र शुक्लागण्डकी नगरपालिकाको वडा नंं २ को सिमाना खुदी खोलामा ८ सय ९१ किलोवाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ । यो सहकारीमा १ हजार ३ सय १ सेयर सदस्य छन् ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया