किवानिजको चौथौं महाधिवेशन पोखरामा
पोखरा ।
परोपकारी संस्था किवानिज इन्टरनेसनलको चौथौं राष्ट्रिय महाधिवेशन बिहीबारबाट पोखरामा सुरु हुँदै छ । बालबालिकाको क्षेत्रमा परोपकारी सेवा गर्दै आएको यो अन्तर्राष्ट्रिय संस्थाले नेपालमा विशेष गरी बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा काम गर्दै आएको छ ।
पोखरामा हुन लागेको सम्मेलनमा संस्थाका सभापति पिटर मेनकुसो अमेरिकाबाट आउँदै छन् । अधिवेशनले नयाँ गर्भनर छनोट गर्ने छ । अहिले एकराज पन्त गर्भनर छन् । सम्मेलनले ३ वर्षपछि गभर्नर बन्ने भाइस गर्भनर छनोट गर्ने छ । किवानिज इन्टरनेसनल स्वयंसेवी संस्था हो ।
यसले १ सय ५ वर्षअघि अमेरिकाको मिसिगनबाट स्वयंसेवा सुरु गरेको थियो । संसारभर संस्थामा ६ लाखभन्दा बढी स्ययंसेवी छन् । नेपालमा यसका ४ सय सदस्य छन् । सम्मेलनमा २ सय जना सहभागी हुने जनाइएको छ । किवानिजले विश्वभरका आफूसँग आबद्ध क्लबलाई ५० डिस्ट्रिक्टमा विभाजन गरेको छ । नेपाल के–६९ डिस्ट्रिक्टमा पर्छ ।
नेपालमा सन् २०१५ मा किवानिज इन्टरनेसनल विधिवत् दर्ता भएको थियो । ४ वर्षको अवधिमा संस्थाले ग्रामीण क्षेत्रका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरणदेखि विद्यालय भवन पुनर्निर्माणसम्मका काम गरेको छ । किवानिज युनिसेफलाई ठूलो धनराशि सहयोग गर्नेमध्ये एक हो । विश्वभर युनिसेफका थुप्रै कार्यक्रमकाल लागि संस्थाले आर्थिक सहयोग जुटाउँदै आएको छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया