‘मुक्तिनाथ प्रवेशद्वारको विकास गरौं’

पोखरा ।
मुक्तिनाथ क्षेत्र प्रवेशको मुख्य प्रवेश द्वारको रुपमा पोखरा क्षेत्रलाई धार्मिक पर्यटनको हबका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकोस्वामी कमलनयनाचार्य महाराजले बताएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटघाट तथा छलफलमा उले पोखरा र आसपासको पेरिफेरीलाई मुक्तिनाथ प्रवेश द्वारका रूपमा आध्यत्मिक पर्यटनको विकास गर्न सकिने प्रचूर सम्भावना रहेको औंल्याए ।
कालिगण्डकीमा पाइने शिला शालिग्रामको संरक्षणमा जोड दिँदै उनले सिंगो मुलुकलाई पर्यटकीय र देव देशको पवित्र भूमिका रूपमा विकास गर्नुपर्ने बताए । जल सम्पदा संरक्षण तथा गौ रक्षाका लागि समेत उपयुक्त योजना आवश्यक हुने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले मुक्ति क्षेत्र समेतको प्रवद्र्धनसहित समग्र धार्मिक पर्यटनको विकासका लागि एकीकृत गुरुयोजना बनिरहेको जनाए । व्यवस्थित योजनाका साथ परिणाममुखी काम आवश्यक रहेकोमा जोड दिँदै प्रमुख आचार्यले मुक्ति क्षेत्र प्रवेशद्वार निर्माणका लागि सरोकारवालासँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि त्यस क्षेत्रमा भारतीय पर्यटक बढेको भन्दै आचार्यले यसको गुणात्मक वृद्धिका साथै पर्यटकको बसाई लम्ब्याउनका लागि थप आकर्षण तथा सुविधायुक्त पूर्वाधार आवश्यक पर्ने जनाए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया