जेसिजले साप्ताहिक कार्यक्रम गर्दै

पोखरा ।
पोखरा जेसीज रानीपौवाले भाद्र १७ देखि २३ गते सम्म जेसीज साप्ताहिक कार्यक्रम २०२२ आयोजना गरेको छ । पोखराका विभिन्न ठाउँ र पोखरा भन्दा बाहिरका ठाउँमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
युवाहरुलाई आफ्नो व्यक्तित्व र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने सक्षम गुणस्तरीय बनाउन र सामाजिक उत्तरदायित्व वहन गर्न सिकाउने उद्देश्यले कार्यक्रम गर्न लागिएकाे कार्यक्रमका मुल संयोजक जेसी कुशल पौडेलले जानकारी दिए । पोखरा सहित रुपा र अन्नपुर्ण गाउँपालिकाका जनसमुदाय लगायत विद्यार्थी, उद्यमी व्यवसायी, कृषक, र युवा प्रति लक्षित गरी जेसीज साप्ताहिक कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
पोखरा जेसीजले १८ वर्ष देखि ४० वर्ष सम्मका युवालाई लक्षित गरी बर्षेनी जेसीज साप्ताहिक कार्यक्रम गर्दै आएको छ । जेसीजको कार्यतालिका अनुसार १७ गते पोखरा जेसीजको सचिवालयमा रक्तदान, १८ गते अन्नपुर्ण गाउँपालिका ४ मा निशुल्क स्वास्थ्य शिविर, १९ गते फेवा आधारभुत विद्यालय पोखरा २३ मा खेलकुद तथा शैक्षिक सामाग्री वितरण, २० गते पोखरा १८ मा सरसफाई तथा वृक्षरोपण, २१ गते रुपा गाउँपालिकामा कृषि सचेतना तथा माटो परीक्षण, २२ गते पोखरा जेसीजको सचिवालयमा कक्षा ११, १२ तथा स्नातकतहमा अध्ययनरत विद्यार्थी लक्षित साइवर क्राईम सम्वन्धि सचेतना कार्यक्रम र २३ गते गण्डकी युवा वक्ता र समापन कार्यक्रम रहेका छन् ।








पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया