तायाः मचा नृत्यमा समाज कल्याण प्रथम
समाधान संवाददाता
२०७९ भदौ १२ गते १३:१०

लेखानाथ ।
नेवा खल लेखनाथले आयोजना गरेको तायाः मचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा खल राजाको चौतारा प्रथम भएको छ । नेवारी समुदायको भाषा र संस्कृति रक्षा गर्न संस्थाले हरेक वर्ष प्रतियोगिता गर्ने गरेको छ ।
लेखनाथमा रहेका ८ नेवारी समुदायले पालैपालो प्रतियोगिता गर्दै आएका छन् । यस पटक पोखरा २६ र २७ को अर्घौ पौवा नेवा खलले पाँचौं संस्करणको प्रतियोगिता शुक्रबार आयोजन गरेको हो । मिलीजुली नेवाः खल बागमारा दोस्रो, गणेश नेवा खल गगनगौडा तेस्रो र शिशुवा नेवाः खल शिशुवा सान्त्वना भए ।
प्रथम हुने समूहलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार दिइएको छ । उत्कृष्ट जोकर र परीलाई जनही २ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक नेवाः खल अर्घौ अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया