भट्टराई महिला सञ्जाल गठन

लेखनाथ ।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं ७ को दाङसिमर्याङ थातथलो भई हाल पोखरा महानगरपालिकामा भित्र बिभिन्न ठाउँमा पेशा, व्यवसाय गरेर बसोबास गर्दै आएका भट्टराई कुल परिवारका सासू, बुहारी, जेठानी र देवरानीहरुको भेलाले भट्टराई महिला सञ्जाल गठन गरेको छ ।
कुल परिवारमा पर्ने बिभिन्न सामूहिक कार्यमा उपस्थित भई सुख दुखमा सहकार्य गर्ने उद्देश्यले संस्था बनाइएको हो । कार्यक्रममा उपस्थितले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदानसमेत गरेका थिए ।
भेलाले नारायणी भट्टराई (रक्षा) को अध्यक्षतामा १७ सदस्यीय दाङसिमर्याङ भट्टराई महिला सञ्जाल गठन गरेको हो । उपाध्यक्षमा पार्वती भट्टराई, सचिव उर्वरा भट्टराई, सहसचिव सुनिता भट्टराई र कोषाध्यक्षमा सिन्धु भट्टराई छन् । सदस्यमा रत्ना, शर्मिला, शिव, बिन्दु, सुस्मा, सावित्रा, सुनिता, तारा, सकुन्तला, शिव, विष्णु र रीता भट्टराई छन् । सल्लाहकारमा विष्णुमाया भटराई र हरिमाया भट्टराई छन् ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया