तीज मेलामा पूर्णकला विसी र टिका सानुलाई सम्मान गरिने

पोखरा ।
पोखराको बाटुलेचौरमा आयोजना हुने ऐतिहासिक बाटुलेचौर तिज मेलाको तयारी पूरा भएको छ । हिमालय क्लबको आयोजनामा भदौ १४ गते स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक मेलाको आन्तरिक बाहेकका अरु सबै तयारी पूरा भएको क्लबका अध्यक्ष सुशील बस्नेतले जानकारी दिए । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले उद्घाटन गर्नेछन् । मेलामा चर्चित लोकदोहोरी गायिका पूर्णकला विसी र टिका सानुलाई सम्मान गरिने बताइएको छ।
मुख्य मन्त्री पोखरेलले उनीहरू सहित स्व उदयबहादुर बस्नेत स्मृति राष्ट्रिय खेलाडी सम्मानवाट भलिबलका राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, सहयोगी संस्था सम्मानबाट अन्नपूर्ण आत्मनिर्भर वाल आश्रमलाई सम्मान गरिने क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए । मेलामा चर्चित लोकदोहोरी गायिका पूर्णकला विसी, टिका सानु, ज्योति लोहनी, केशव घिमिरे लगायतका कलाकारको सास्कृतिक प्रस्तुती रहने क्लबले जनाएको छ।
मेलामा लोपोन्मुख तिजे भाका हम्काईलो समेत प्रस्तुत गरिने छ। आन्तरिक बाहेक सबै तयारी पूरा भएको मेलामा छेलो, रस्साकस्सी, बेलुन फुटाउने, म्युजिकल चियर प्रतियोगिता समेत समावेश गरिएको छ। समूहगत तिज गित तर्फ २० टोलीको सहभागिता रहने र सहभागि टिमलाई जनहि १० हजार रुपैयाँ दिईने पूर्व अध्यक्ष मोहन थापाले बताए ।
अघिल्ला वर्षहरुमा ५ दिनसम्म मेला आयोजना हुने गरेकोमा यो वर्ष तिजको परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १ दिन मात्रै भएपनि आयोजना गरिएको बताइएको छ । मेलामा पोखरा आसपासका क्षेत्रहरूवाट मेला हेर्न दर्शक सहभागि हुने र मेलामा करिव १० लाख खर्च लाग्ने कोषाध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया