लमजुङका अधिकारी मकाउबाट यसरी भए पक्राउ

पोखरा ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली अभियुक्त पक्राउ परेका छन् । लमजुङ दोर्दी गाउँपालिका १ भर्तेका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई मकाउबाट पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त अधिकारी मकाउमै लुकेका थिए । उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो । खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरूसँग २५र२५ सय डलर र पासपोर्ट लगेका थिए भने उनीहरूलाई नेपालबाट दुबईमा पुर्याएका थिए । दुबईबाट लिविया हुँदै इटाली लाने भनी फेरि पीडितहरूबाट ३ लाख रूपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाएका थिए ।
पीडितलाई लिवियाको शरणार्थी क्याम्पमा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो । उनीहरुलाई ठगी गर्ने तथा बेचविखन गर्ने अधिकारीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरोमा बुझाइएको डीआईजी राईले बताए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया