दीपशिखाको वक्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ १५ गते १८:००

पोखरा ।
दीपशिखा सामुदायिक पुस्तकालयले १५ ‌औं पुस्तकालय दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । पढौ पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ भन्ने आर्दश वाक्यका साथ मनाउदै गरिएको यस बर्षको पुस्तकालय दिवसका अवसरमा पुस्तकालयले बिद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने तथा पुस्तकालय निरन्तर आउने वातावरणका लागि वक्तृत्वकला प्रतियोगिता राखेको हो ।

Advertisement

पुस्तकालयका उपाध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाल आदर्श आवासीय विद्यालयका स्वागत भूसालले प्रथम स्थान हासिल गरे । यसै गरी लक्ष्मी आदर्श माविकी सदिक्षा सुवेदी दोस्रो तथा लक्ष्मी माविकी रेनु तामाङ्गले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा गोगन मा वि की श्रेया श्रेष्ठले चौथो स्थान हासिल गरेका थिए ।

बिजयी प्रतियोगिहरुलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य निर्मला पौडेलले पुरस्कार वितरण गदै पुस्तकालयको महत्वबारे बोलेकी थिइन् । वडा सदस्य पौडेलले पुस्तकालयले बालबालिकाहरुको वक्तृत्व क्षमता विकास गर्न यस खालको कार्यक्रम गरेकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीले स्वगत गरेका थिए भने सदस्य एवम पोखरा विश्व विद्यालय केन्द्रिय पुस्तकालयकी उपप्रशासक मिन कुमारी डल्लाकोटीले पुस्तकालयको महत्ववारे बोलेकी थिइन् ।

। कार्यक्रम संयोजक एवम् पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेलले सञ्चालन गरेको प्रतियोगितामा बिभिन्न विद्यालयका १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । कार्यक्रममा कार्यसमिति कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लिराम पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा लक्ष्मी आदर्श माविका शिक्षक कुशलबाबु लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया