‘यात्रीका साथी’ सम्मानित

जोमसोम ।
बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचन सम्मानित भएका छन् । अन्नपूर्ण गाउँपालिका ३ दाना म्याग्दीले बुधबार शेरचनलाई सम्मान गरेको हो ।
अन्नपूर्ण गाउँपालिका अन्तर्गतका सडक मर्मत सम्भार, अलपत्र परेका यात्रुलाई उद्धार एवं घामपानी, बाढीपहिरो, दिनरात नभनी यात्रुलाई सघाउन खटिने शेरचनलाई वडाध्यक्ष रमेश पुर्जा र वडासचिव अमृत नेपालीले सम्मान गरे । बेनी–जोमसोमसडकमा हुने असहज परिस्थितिको निरन्तर सूचना प्रवाह गरी सामाजिक भूमिका निर्वाह गरेवापत उनलाई सम्मान गरिएको वडाध्यक्ष पुर्जाले बताए ।
यसअघि शेरचनलाई थकाली सेवा समिति नेपालको १३ औं अधिवेशनमा विशेष सम्मान गरेको हो । शेरचन मुस्ताङी हुन् । उनी व्यवसायका क्रममा म्याग्दीको दानामा बस्छन् । मुस्ताङको सानुसरे पहाडमा तारा एअरको जहाज दुर्घटना हुँदा माउन्टेन रेस्क्यु टोलीसँगै उनी पनि उद्धारमा खटिएका थिए ।








विदेशबाट फर्केर च्यांग्रापालन
स्याङ्जामा अभिभावक शिक्षा
कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया