आस्थालाई एकता पत्रकारिता पुरस्कार

पोखरा ।
एकता बचत तथा ऋण सहकारीले एमबी आस्था मगरलाई पुरस्कृत गरेको छ । संस्थाको ११ औं साधारणसभा तथा पाँचौ अधिवेशनको अवसरमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिका अध्यक्ष नवराज शर्मा लगायतले उनलाई पुरस्कृत गरे ।
पत्रकार एमबी आस्था संगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो ।
सहकारीले ज्येष्ठ नागरिक सेयर सदस्यमा महिलातर्फ बालमाया श्रेष्ठ, पुरुषतर्फ कुलप्रसाद अधिकारी उत्कृष्ट कारोबारकर्तामा महिलातर्फ धनमाया राना, पुरुषतर्फ छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजीव शर्मा, विष्णु केसी अधिकारी, नारायणी अधिकारी सुवेदी, आस्था पौडेल र बुद्धकुमारी खड्कालाई सम्मान गर्यो ।
उत्कृष्ट कर्मचारीमा कर्जा बिभाग प्रमुख शर्मिला केसी, काउन्टर बिभाग प्रमुख अमृता रेग्मी र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापामगरलाई सम्मान गरिएको छ । अधिबेशनबाट सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध छनिएका छन् ।
सञ्चालक समिति उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव रामबहादुर मगर, कोषाध्यक्ष खुम थापामगर छन् । सदस्यमा ज्योति तामाङ, विष्णु केसी अधिकारी, शक्ति बराल, बालुमाया पुन र प्रकाश केसी छन् । लेखा समिति संयोजकमा विश्वनाथ ओझा र सदस्यमा देवकुमारी गुरुङ र प्रकाश पुन छन् ।
सभामा गण्डकी प्रदेशका उपसभामुख शर्माले सहकारीको माध्यमबाट उत्पादनमुखी काममा लाग्न आग्रह गरिन् । रुपा गाउपालिकाका अध्यक्ष ओझाले सहकारीहरु अब सहरमुखी नभई गाउँमुखी हुनुपर्ने बताए । संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्यको तर्फबाट शान्ता देवकोटा, सल्लाहकारबाट बजिरमान श्रेष्ठ, उपाध्यक्ष नबराज सुवेदी र सहसचिव तिलकप्रसाद तिवारीले बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया