सन्देश घरभाडा सरोकार समितिबाट सम्मानित

पोखरा ।
पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन् । समितिको शनिबार भएको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनमा उनी सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेकोमा श्रेष्ठलाई नगद १० हजार १ सय , दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल, घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमल न्यौपाने लगायतले उनलाई सम्मान गरेका हुन् । उनी अहिले नागरिक दैनिक तथा एभेरस्ट एफएममा आवद्ध छन् । कार्यक्रममा नेपाल घरबहाल सरोकार महासंघका अध्यक्ष खनालले राज्यले घरबहाल कर निर्धारण गर्नुपर्ने बताए । घरबहाल कर नतोक्दा घरधनीले आफूखुसी तरिकाले घरभाडा लिने र कर भने नतिर्ने देखिएको उनको भनाइ छ ।
‘घरभाडामा बस्नेसँग कसेर पैसा लिने अनि राज्यलाई चाहिं नतिर्ने प्रवृत्ति छ । त्यसैले राज्यले मालपोत कर लिएजस्तै घर बहाल कर पनि तोकोस्,’ खनालले भने । अध्यक्ष खनालले घरबहालसम्बन्धी एकीकृत कानुन निर्माण गर्नुपर्ने आवश्यता औंल्याए । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि यसमा सुनुवाई नभएको उनको गुनासो छ ।
घरबहालमा देखिएको विकृति, विसंगति तथा घरधनी र घरभाडामा बस्नेबीच देखिएको समस्या समाधानका लागि घरबहालसम्बन्धी कानुन आवश्यक परेको उनको ठम्याइ छ । अध्यक्ष खनालले घरबहालमा बस्नेलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको र कोरोना काल लगायतका समस्यमा पर्दा राज्यले राहत नदिएर विभेद गरेकोसमेत उल्लेख गरे ।
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमलप्रसाद न्यौपानेले घरभाडा सरोकार समिति घरधनी र घरभाडामा बस्ने दुबैको साझा संस्था भएको जनाए । कार्यक्रममा कोरोना महामारीको समयमा घर बहालमा बस्नेलाई एक वर्षको घरभाडा ६ लाख ६० हजार मिनाहा गर्ने पोखरा ९का चन्द्रमान गुरुङ र संस्थाका सचिव नारायण सुवेदीलाई पनि सम्मान गरिएको छ ।









म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया