खेलकुद पत्रकार मञ्चमा १९ सदस्य थपिए

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ सदस्य थप भएका छन् । मञ्चको शनिबार बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए ।
उनीहरुमध्येबाट प्राप्त कागजातसहितको विवरण र सक्रियताको आधारमा १९ सदस्य छनोट गरिएको हो । यसरी छानिनेमा अनुप पौडेल, कृष्णप्रसाद दवाडी, गीता राना, चेतबहादुर थापा प्रविन, धनबहादुर गुरुङ सुमन, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बसबहादुर शेर्पा वसन्त, बालकुमारी पौडेल तारा, विजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, सुशान्त गाहामगर, सञ्जयकुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी छन् ।
नयाँ सदस्यताका लागि मञ्चले गत साउन २१ देखि भदौ ४ गतेसम्म आवेदन खुला गरेको थियो । मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकार संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्देश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो ।
यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ । मञ्चले २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाका लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया