किराँत सेवा समाज कास्कीको अध्यक्षमा दीपेन्द्र राई

पोखरा ।
किराँत सेवा समाज कास्कीको २१ औँ साधारणसभा तथा दशौँ अधिवेशनले आगामी दुई वर्षका लागी दीपेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा गंगा राई, द्वितीय उपाध्यक्षमा प्रशान्जीत राई, कोषाध्यक्षमा तारा राई, सचिवमा दिनेश लिम्बु र सह–सचिवमा सन्तोष राई चयन भएका छन् । सदस्यहरुमा देव सुनुवार, कौशिला लिम्बु, सुखकला राई, परम कुलुङ राई, दलबहादुर मुखिया (सन्तोष), पवित्रा राई, सोमबहादुर राई चयन भएका छन् । कार्यसमितिमा दुई सदस्यपछि मनोनित गरिने समाजले जनाएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाले कुनै पनि जातजातिले भाषा, संस्कृतिहरुको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले जनजातिहरुको अझै पनि नेतृत्व लिने ठाउँमा नपुग्दा अन्य जातिको खेलौना जस्तै बनेको विचार राखे ।
कार्यक्रममा किराँत सेवा समिति कास्कीलाई सहयोग गरेवापत किराँत महिला समितिका अध्यक्ष डिलकुमारी राई र सल्लाहकार नारायण राईलाई सम्मानित गरिएको थियो । किराँत समुदायबाट आइटी विषयमा मास्टर्स डिग्री गरेकी एन्टीना राई र बिएस्सी नर्सिङ उत्तीर्ण गरेकी मनीषा राईलाई सम्मान गिरएको थियो ।
किराँत सेवा समाज कास्कीको अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किराँत सेवा समाजका सल्लाहकार दीपेन्द्र राई, पूर्वाञ्चल सेवा समाजका अध्यक्ष बालकुमार लुइँटेल, पूर्वेली एकता समाजका अध्यक्ष गुणराज बास्तोला, किराँत कुलुङ भाषा संस्कृति उत्थानका अध्यक्ष लीलाबहादुर कुलुङ राई लगायतले बोेलेका थिए । कार्यक्रमको सञ्चालन सचिव नवीन राइले सञ्चालन गरेका थिए ।









म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया