नेपाल आदर्शमा अभिमुखीकरण
लेखनाथ ।
नेपाल आदर्श आवासीय विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुपा गुरुङले ज्ञानले मात्र मानिसलाई संस्कार सिकाउँछ । असल संस्कारले सभ्य नागरिक बनिने हुँदा अबका बालबालिकाले ज्ञान सँगसँगै अनुशासन र संस्कार सिक्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गुरुङले विद्यार्थीहरूलाई व्यवहारिक बन्न र उचित भविष्य पहिल्याउन आग्रह गर्दै असल र दक्ष्य नागरिक देशका लागि खाँचो परेको हुँदा राष्ट्रको योग्य व्यक्ति बन्न नवआगन्तुक विद्यार्थीलाई आग्रह गरे ।
सोही अवसरमा उच्च मावि संयोजक अर्जुनप्रसाद सुवेदीले हालसम्मको शैक्षिक गतिविधि प्रस्तुत गर्दै विद्यार्थीहरू मिहिनेत हुने, अभिभाबकहरू चनाखो हुने र शिक्षक कर्मशील भएमा शिक्षाको स्तर माथि उठ्ने कुरामा जोड दिएका थिए । कार्यव्रmमा शिक्षकहरू शम्भुराज लामिछाने, जीवन लामिछाने, रामप्रसाद सुवेदी, रामप्रसाद चौधरी, सुशील ढकाल, रमेश सुवेदीले विद्यार्थीहरूले पढाइमा जोड दिनुपर्ने सुझाव राखेका थिए । कार्यव्रmममा कक्षा १२ का विद्यार्थीले विभिन्न नृत्य तथा सङ्गीत प्रस्तुत गरेका थिए । कक्षा ११ का विद्यार्थीलाई मायाको चिनो दिँदै सम्पन्न भएको कार्यव्रmमको सञ्चालन कविता लामा र श्रेया गुरुङले गरेका थिए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया