भाँडा व्यवसायी संघमा कविन्द्र

समाधान संवाददाता २०७९ भदौ २१ गते ११:१७

पोखरा ।
पोखरा भाँडा व्यवसायी संघ अध्यक्षमा कविन्द्रमान पालिखे निर्वाचित भएका छन् । संघको आठौं अधिवेशनले पालिखेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement


संघको उपाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी, सचिव ओमकुमार श्रेष्ठ, कोषाध्यक्ष कृष्ण श्रेष्ठ, सहसचिव रञ्जना मानन्धर चयन भए । सदस्य शिव लामिछाने, दिलमाया प्रजापति, अशोक गोशली, दीपेन्द्र शर्मा, इन्द्रकुमारी श्रेष्ठ, किशोरकुमार श्रेष्ठ, बलराम अधिकारी, मनहरी भण्डारी, मनोज ठकुरी र विक्रमजीत पालिखे छन् ।


कार्यक्रम उद्घाटनसत्रमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले संघको हरेक कार्यमा संघको साथ र सहयोग रहने बताए । भाँडा व्यावसायी संघ पनि संघकै एउटा पाटो भएकाले आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्न सकिने उनको धारणा थियो । कार्यक्रममा संघमा आवद्ध सदस्यका एसइई र प्लस टु उत्तीर्ण छोराछोरी एवं पुराना व्यवसायीलाई सम्मान गरिएको सचिव लक्ष्मीप्रसाद अधिकारी जानकारी दिए ।

तपाईको प्रतिक्रिया