समन्वय गर्दै जिसस मुस्ताङ

जोमसोम ।
पछिल्लो समय जिसस मुस्ताङले जिल्लाको समग्र विकास योजना र कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन थालेको छ । आइतबार जिसस मुस्ताङले जिल्लाको समग्र विकास योजनाको प्रगति र भावी कार्यक्रमबारे छलफल गरेको छ ।
छलफलमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, सिडिओ नेत्रप्रसाद शर्मा, जिसस प्रमुख माया गुरुङ, उपप्रमुख आइतेलाल थकाली, पूर्व उपप्रमुख राजेन्द्र शेरचन लगायतले बोलेका थ्एि । बैठकमा जिल्लाका ५ वटै स्थानीय तह, संघीयतर्फ ११ वटा कार्यालय र प्रदेशतर्फ ९ वटा कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति विवरण र चालु आर्थिक वर्ष २०७९/०८० का कार्यक्रम र बजेट खाँका प्रस्तुत गरे ।
जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई सुदृढीकरण गर्दै जिल्लाका समस्या, चुनौती र समाधानको बाटो अवलम्बन गर्ने उद्देश्यले समन्वयात्मक बैठक आयोजना गरेको जिसस अधिकारी शिवकुमार पौडेलले बताए ।
गत वर्षको कुल बजेटमध्ये ५ अर्ब ३ करोड खर्च हुँदा जिल्लाको समग्र भौतिक प्रगति ८१ दशमलव ६७ प्रतिशत देखिएको छ । यस्तै, चालु वर्ष संघ, प्रदेश र स्थानीय तहलाई ६ अर्ब ११ करोड १८ लाख विनियोजन भएको छ । जसमध्ये चालुतर्फ ३ अर्ब १५ करोड र पुंजिगततर्फ २ अर्ब ९६ करोड छ ।
जिसस प्रमुख गुरुङले जिससलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी रहेको बताइन् । उनले जिसससँग कतिपय कार्यालयले समन्वय गर्न कन्जुस्याई गरेकोमा उल्लेख गरिन् । सिडिओ शर्माले जिल्लाको समग्र विकास योजनाको काममा स्थानीय प्रशासनले साथ दिने बताए ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया