मानव सेवा आश्रमलाई गोरखा मिलनको सहयोग

पोखरा ।
गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । २३ औं स्थापना दिवसको अवसरमा आश्रमलाई करिब २० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरिएको हो । समाजका अध्यक्ष कपिल पोखरेलले आश्रमका सम्झना बास्तोला र शोभा गौतमलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
सहयोग कार्यक्रममा बोल्दै आश्रमकी अभियन्ता सम्झना बास्तोलाले सहयोगी हातहरु निरन्तर आउने अपेक्षा गरिन् । उनले मानव सेवा आश्रममा हाल ६३ जना महिला र ६ जना काम गर्नेहरु बस्दै आएको बताउँदै सबैको सहयोगले आश्रम चल्ने बताइन् ।
गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समाजको तर्फबाट आफैंले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे । मानव सेवा आश्रम सहयोग कार्यक्रमको संयोजन समाजकी सहकोषाध्यक्ष गीता खनालले गरेकी थिइन् ।
मानव सेवा आश्रममा सहयोग गरे लगत्तै मझेरी फूडमा समाजको पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २५ गते शनिबार हुने अधिवेशनको पूर्व तयारीको अवसरमा भएको बैठकमा सबै पूर्व अध्यक्ष, पदाधिकारीहरुले आआफ्नो धारणा राखेका थिए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया