सिबिसालाई प्रतिभा माविको सहयोग
पोखरा ।
पोखराको प्रतिभा माविमा अध्ययनरत ८ कक्षाकी छात्रा सिबिसा खड्काको उपचारार्थ विद्यालयले परिवारलाई आर्थिक सहयोग गरेको छ । ब्लड क्यान्सर भएर ललितपुरको ब्लड हस्पिटलमा उपचाररत खड्काको परिवारलाई विद्यालयले ३ लाख ५३ हजार रुपैंया सहयोग गरेको हो ।
विद्यालयका विद्यार्थीहरुले अध्यक्ष नारायण पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीलगायतको उपस्थितमा सिबिसाकी आमा शिखा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सिबिसाले हस्पिटलको बेडबाटै परीक्षामा सहभागी भएर पनि उत्कृष्ट अंक ल्याएको प्रिन्सिपल पराजुलीले बताए । लगनशील, अनुशासित र पढाईमा अब्बल विद्यार्थी आज रोगसँग लडिरहँदा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले सहयोग गरिएको निर्देशक सापकोटा बताउँछन् ।
बागलुङ ३ गुठी घर भई हाल पोखरा सिमलचौर बस्दै आएका सिबिसा परिवारमा बुवा, आमा र एक दिदी छन् । सिबिसाले आफू स्वस्थ भएपछि आफू पीडामा रहेको रोगकै विषयमा हेमाडोलोजी पढ्ने चाहना राखेकी छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया