युवा संघ पोखरा १७ मा पौडेल
समाधान संवाददाता
२०७९ भदौ २४ गते १६:५०

पोखरा ।
युवा संघ नेपालको पोखरा महानगरपालिका १७ को वडा कमिटी अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् । शुक्रबार भएको भेलाले पौडेलको नेतृत्वमा ३७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विकास गुरुङ, सचिवमा सागर आचार्य, सहसचिवमा लक्ष्मण बराल, विष्णु भण्डारी र कोषाध्यक्षमा विनिता पौडेल चयन भएका छन् ।
निर्वाचित पदाधिकारी र सदस्यलाई युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसिले पद तथा गोपनियताको सपथ खुवाएका थिए । भेलामा नेकपा एमाले पोखरा महानगर कमिटीका सचिवालय सदस्य लक्ष्मण शर्मा, कृष्ण लम्साल, महानगर सदस्य नगेन्द्र शर्मा, युवा संघ केन्द्रीय सदस्य सरस्वती पुरी, जिल्ला अध्यक्ष पानबहादुर जिसि, जिल्ला सचिव नवराज केसी, महानगर सचिव सुशील जिसि, नेकपा एमाले पोखरा १७ का अध्यक्ष रिशव तिमिला, सचिव विक्रम गुरुङ लगायतको उपस्थिति थियो ।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया