मेरो नेपालकाे अध्यक्षमा एकेन्द्र

पोखरा ।
मेरो नेपाल युवा क्लब पोखरा १४ मझेरीपाटनको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । शनिबार भएको ११ औं अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष दिनेश कुँवर, सचिव कमलराज ढुंगाना सहसचिव अमृत कार्की र कोषाध्यक्षमा नवीन जिसी चयन भएका छन् ।
सदस्यमा निशान कार्डी, राजु कार्की, श्यामकुमार श्रेष्ठ र सौरभ कार्की चयन भएका छन् । वडाध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन कमिटीका संयोजक बोधराज बरालले गरेका थिए । निर्वाचन कमिटीको सदस्य बटुकृष्ण कुँवर र राजुकुमार थापाले गरेको क्लबका पृथ्वी कुँवरले जानकारी दिए ।
निवर्तमान अध्यक्ष दिवस कुँवर नवनिर्वाचित अध्यक्ष कुँवरले आफूले संस्थाको अधिकतम हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेभेन ए साइड फुटबलको पाँचौं संस्करण पूरा गरेको क्लबले हाल अत्याधुनिक व्यायामशाला सञ्चालनमा ल्याएको छ ।








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया