विश्व आत्महत्या दिवसमा सडक नाटक
समाधान संवाददाता
२०७९ भदौ २७ गते १२:४६

पोखरा ।
विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको कसौडी’ प्रदर्शन गरिएको छ । आत्महत्या रोकथाममा काम गर्दै आइरहेको कोसिसको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य तथा सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदीप घिमिरेले बताए ।
पोखराको पृथ्वीचोकमा शनिबार नाटक प्रदर्शन गरिएको हो । नाटक कोसिस र मञ्जरी नाट्य समूह लमजुङले तयार पारेका हुन् । कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केही हदसम्म आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
कोसिसका मनोविद् विनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारे । सोहि नाटक शनिबार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ ।
सम्बन्धित








‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया