लौरो अभियानको निर्णय: चुनावअघि सातै प्रदेशका उम्मेदवारलाई लौरो

पोखरा ।
स्वतन्त्र उम्मेदवारी दिने अभियान्ताको समूह लौरो अभियानले चुनाव अघि नै उम्मेदवारी घोषणा गर्नेलाई लौरो हस्तान्तरण गर्ने भएको छ । भदौ २६ गते बसेको स्वतन्त्र तथा लौरो अभियानको बैठकले दशैं अघि नै प्रचारप्रसार तीव्र पार्ने निर्णय गरेको हो ।
अभियान संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रीय बैठकले दशैं अघि नै सातै प्रदेशमा चुनावी प्रचारप्रसार तीव्र पार्ने निर्णय गरेको हो । वैकल्पिक शक्ति तथा स्वतन्त्र अभियानका सबै पक्षहरुसँग सहकार्यका लागि अभियान संयोजक सायमीको नेतृत्वमा वार्ता टोली गठन गरेर अघि बढ्ने अभियानका प्रवक्ता हरि कार्कीले जानकारी दिए ।
यस्तै ३१ भदौमा लुम्बिनी र १ असोजमा गण्डकी प्रदेशमा स्वतन्त्र उम्मेदवारलाई प्रारम्भिक रुपमा लौरो चुनाव चिह्न दिने निर्णय भएको कार्कीले बताए । गण्डकी प्रदेशका लागि संयोजक जीवन गुरुङलाई जिम्मेवारी दिइएको छ ।
प्रारम्भिक छनोटमा लौरो चुनाव चिन्हबाट उम्मेदवारी घोषणा गरेका अभियन्तालाई केही जिल्लामा विभिन्न प्रलोभन, डर दिइएकोमा अभियानको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । यस्ता गतिविधि नगर्नका लागि उनले आग्रह गरेका छन् ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया