पाेखरा बाझापाटनमा खुला बास्केटबल प्रतियोगिता

समाधान संवाददाता २०७९ असोज १ गते १९:३८

पाेखरा । राष्ट्रिय युवा संघ नेपाल मादी गाउॅंपालिकाको २ नं वडा कमिटीद्वारा शनिबारदेखि खुला बास्केटबल प्रतियोगिता आयोजना गरेको छ । पोखरा बाझापाटन स्थित सत्य युवा क्लबको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ २३ टिम भाग लिएका छन् । त्यस्तै गरि महिला तर्फ भने दर्ता प्रक्रिया आइतबार देखि मात्र हुने कुरा आयोजकले बताए । शनिबारदेखि सुरु भएको प्रतियोगिता मंगलबार समापन हुने कुरा राष्ट्रिय युवा संघ नेपाल मादी गाउॅंपालिकाको २ नं वडा कमिटीका अध्यक्ष क्षेत्र गुरुङले बताएका छन् ।

प्रतियोगिताको उद्घाटन एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेद बहादुर श्यामले गरेका थिए । गुरुङले उद्घाटन सत्रमा बोल्दै यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्नले खेलकुदको विकासमा सहायता मिल्ने कुरा बताएका थिए । साथै उनले खेलकुदको विकासमा लाग्ने कुरा बताएका थिए । कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक शिव बहादुर गुरुङ महेन्द्र लगायतका एमालेका नेताहरु उपस्थित भएका थिए ।

प्रतियोगितामा पुरुष तर्फको प्रथम पुरस्कार ८० हजार रुपैयाँ रहेको छ भने द्दितीय पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै महिला तर्फको प्रथम पुरस्कार ३० हजार रुपैयाँ रहेको छ भने द्दितीय पुरस्कार १५ हजार रुपैयाँ रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया