थाक खानेपानी आयोजना सुचारु गर्न तिवारीको अध्यक्षता समिति

पोखरा ।
थाक खानेपानी आयोजना सञ्चालन गर्न समिति गठन भएको छ । माझठाना निवासी सीताराम तिवारीको अध्यक्षतामा ७ सदस्यीय टोली गठन भएको पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार समितिले सरकारसँग खानेपानी अभाव हुन नदिन र पुन थाक खानेपानी सञ्चालन गर्न केन्द्र सरकारसँग आवश्यक बजेट माग्ने र आगामी काम गर्न समिति गठन गरिएको हो ।
आयोजना सुचारु गर्न कम्तीमा २५ करोड आवश्यक पर्ने समितिले औंल्याएको लामिछानेले बताए । उनले भने, ‘थाक खानेपानी अभाव भएका २५ सय घरधुरी छन् । यहाँको मुख्य समस्या पानी हो । एक गाग्री पानी लिन जाँदा दिन बित्छ । तर, वर्षांैदेखि सुरु भएको आयोजना सञ्चालन गर्न सरकारले पहल नगर्दा हामी जनप्रतिनिधि एकदमै आलोचित भयौं । यस कारण आयोजना पुन सुचारु गर्न समिति गठन गरेको हौं ।’ समितिको उपाध्यक्ष ईश्वरराज भण्डारी, सचिव बाबुराम तिवारी, सहसचिव श्रीराम कँडेल, र कोषाध्यक्ष दुर्गा गौतम छन् । सदस्यमा रमा विक र शिव रानाभाट छन् ।
कास्कीका पूर्वी ३ गाविसका जनताका घरमा खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो । ४० वर्षअघि पञ्चायतकालमै थालिएको त्यो आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भइसकेको छ । तर जनताका घरमा पानी पुगेको छैन ।
२०४२ सालमा कास्कीको मादी र रुपाका केही वडा र पोखरा महानगरका २८ र ३१ नम्बर वडाका बासिन्दालाई लक्ष्य गरेर सुरु थाक खानोपानी आयोजना ४० वर्षसम्म अलपत्र परेको छ । आयोजना फेरि सञ्चालन गर्न २५ करोड रुपैयाँ आवश्यक रहेको थाक खोला सञ्चालन समितिको प्रारम्भिक अनुमान छ ।
गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्यायो । तर, प्रदेश सरकारको रुपा, मादी र पोखरा महानगरपालिकाका केही वडामा अझै छुन सकेन । एक गाग्री पानी लिन जाँदा घन्टै हिँडेर जानुपर्ने बाध्यता छ । पहाडी भूभाग भएकाले पानीको स्रोत कम भएकाले महानगर प्रदेश जताततै गुहार्दा पनि पानी पिउन त्यहाँका नागरिकले पाएका छैनन् ।
पोखराको उच्च भाग पोखरा २८ को कालिका, सौरे, मादी ५, १२ वडा र रुपा गाउँपालिकाको ७ नम्बर वडा लगायत पहाडी भूभागलाई लक्ष्य गरेर तत्कालीन राजा वीरेन्द्रका पालामा थाक खानेपानी सुरु भएको थियो । आयोजना सुरु भएपछि २०५७/५८ सालतिर दुई वर्ष पानी आए पनि यसपछि थाक खानेपानी यति प्रभावकारी भएको छैन । यहाँका जनताले पानी खान घन्टौंसम्म हिँड्नुपर्ने अवस्था छ । प्रत्येक चुनावमा पानी नेताहरुले उपलब्ध गराइदिन भने पनि कुनै नेताले प्रभावकारी काम गर्न सकेका छैन ।
संघीयता लागु भएपछि उक्त योजना अहिले प्रदेश सरकारको मातहतमा छ । तर, एउटै योजनाका लागि २५ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने भएपछि प्रदेश सरकारले यहाँका नागरिकलाई पानी खुवाउन दीर्घकालीन काम गर्न सकेको छैन । यहाँका नागरिकलाई नेताहरुले भुटो आश्वासन मात्र बाढेका छन् ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया