‘आत्महत्या समस्या हो, समाधान नठानौं’

पोखरा ।
गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा नेपाल प्रहरीको कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आइतबार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री डोबाटे विश्वकर्मा, मुख्य न्यायधिवक्ता रोहितराज बाँस्तोला, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, सामुदायिक सेवा केन्द्र, आमा समूह, क्लब, विद्यालयका पदाधिकारी गरी ६ सय जना कार्यक्रममा सहभागी थिए । ‘आत्महत्या समस्या हो, समाधान होइन’ भन्ने उद्घोषका साथ कार्यक्रम भएको हो ।
कार्यक्रममा आत्महत्या न्यूनीकरण कास्की प्रहरीका डिएसपी सुन्दर तिवारी र नशा तथा मानसिक रोज बिशेषज्ञ डा वसन्त ढुंगानाले प्रस्तुति राखेका थिए । आत्महत्या समस्या हो, समाधान होइन भन्ने चेतना नागरिकका बढाउनु जरुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले औंल्याए ।
संसारमा सबै जसो मानिसमा केही न केही समस्या हुने उल्लेख गर्दै उनले समाधानको उपाय आत्महत्या किमार्थ हुन नसक्ने उनले जनाए । ‘समस्या तपाईं, हामीसामु अहिले पनि छन् । भोलि पनि हुन सक्छन् । समस्यालाई समाधानको दृष्टिकोणले हेर्नुपर्छ,’ तिवारीले भने ।
नेपालमा गत आर्थिक वर्ष ६ हजार ७ सय ९२ जनाले आत्महत्या गरेका छन् । सन् २०२१ मा नेपालमा आत्महत्याको दर वृद्धि भई प्रतिलाख २३.७५ पुगेको छ । नेपालमा दैनिक सरदर १९ मानिसले आत्महत्या गर्ने गरेका छन् । कास्कीमा पनि आत्महत्याको दर बढ्दो देखिन्छ । कास्कीका आत्महत्या गर्नेको संख्या हेर्दा महिलाभन्दा पुरुष बढी देखिन्छ । ०७७/७८ मा ९५ पुरुष र ६२ महिलाले आत्महत्या गरेका छन् ।
२०७४/०७५ देखि नै बढ्दै आएको आत्महत्या दर अघिल्लो आवमा केही घटे पनि यसको रोकथाममा चुनौतिपूर्ण भएको डिएसपी तिवारीले बताए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया