नेवाः दबू कास्कीमा नयाँ समिति

पोखरा ।
नेवाः देय् दबू, जिल्ला समिति कास्कीको अधिबेशनले नयाँ समिति चुनेको छ । कृष्णमान ठूसाजूको अध्यक्षतामा बनेको नयाँ १८ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा लीलबहादुर श्रेष्ठ, उपाध्यक्षमा दिनेश महर्जन, महिला उपाध्यक्षमा तीर्थ श्रेष्ठ गोशली, सचिवमा सुनिल उलक, महिला सचिव रीता नापित तथा कोषाध्यक्षमा बालगोपाल श्रेष्ठ छ ।
विभिन्न क्षेत्र समेटेर ११ सदस्य चुनिएका छन् । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले नामको पछाडि थरका रुपमा नेवारी थर रहदैमा नेवाः हुन्छ भन्न नसकिने बताए । उनले जबसम्म आफ्नो भाषा तथा संस्कृतिको ज्ञान हुँदैन, पूर्णरुपमा नेवाः बन्न नसकिने सुनाए । नेवाः देय् दबूका गण्डकी प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठले नेवाः देय् दबूका सदस्यका रुपमा सहभागी हुँदा आफ्नो आस्थाको राजनीतिक पार्टीको झण्डा ढोकाबाहिर राख्न आग्रह गरे ।
आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश सचिव सुजनकुमार लामाले नेवाः देय् दबू आदिवासी जनजाति महासंघको एक महत्वपूर्ण सदस्य भएको उल्लेख गरे । पोखरामा रहेको अन्य नेवा संस्था महासंघका सदस्य नभएको हुँदा नेवाः देय् दबू कास्कीसँग सहकार्य गर्न आफू उत्सुक रहेको उनको भनाइ छ ।
समारोहमा नेवाः देय् दबू केन्द्रीय परिषद् कार्यक्रममा सदस्य देवेन्द्रकुमार श्रेष्ठ, नेवाः देय् दबू, गण्डकी प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया