सञ्जीवनी दिदीबहिनी केन्द्रको अध्यक्षमा पुनः बिना गुरुङ

पोखरा ।
छोरी तथा बुहारी पढाऔं, उज्ज्वल भविष्यका लागि अगाडि बढौं नाराका साथ क्रियाशील सञ्जीवनी दिदीबहिनी केन्द्रको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा हीरा गुरुङ, सचिवमा कौशिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा विमला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन भएको निर्वाचन समिति संयोजक गुणाखर सापकोटाले जानकारी दिए ।
साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छोरीबुहारीहरुलाई शिक्षामा सहयोग गर्ने अत्यन्तै उदाहरणीय अभियानमा रहेको सञ्जीवनी दिदीबहिनी केन्द्रलाई सधै साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । छोरी बुहारीलाई शिक्षामा मात्रै सहयोग नभई कोरोना महामारी लगायतको कठिन अवस्थामा विशेष सहयोग अभियान समेत सञ्चालन गरेको सञ्जीवनीको मानवीय सेवामूलक कार्यको प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नाटा केन्द्रिय सदस्य कमला गुरुङ, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल लगायतले शुभकामना दिए । कार्यक्रममा सञ्जीवनीबाट छात्रवृत्ति प्राप्त गरी रेडियोलोजिस्ट अध्ययनरत युनिया विकले सञ्जीवनीको सहयोगले आफ्नो अध्ययनको सपना पुरा हुने भन्दै आफ्नो अनुभूति व्यक्त गरिन् ।
कार्यक्रममा संजिवनी दिदि बहिनीका सल्लाहकार पवन कुमार प्रजापति हालै पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको, नाटाको केन्द्रीय सदस्य कमला गुरुङ, आजीवन सदस्य किरण गुरुङ मेची महाकाली दिदीबहिनीको अध्यक्षमा निर्वाचित भएकोमा, फोटो पत्रकार तथा वेब डिजाइनर मणि सरब्ज गुरुङ, निशुल्क कार्यालय प्रदान गरेकोमा पोखरा ११ की हीरादेवी गुरुङ, सहयोगका लागि संस्थापक गिता भट्टचनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो । साधारणसभामा अध्यक्ष बिना गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी गुरुङले आर्थिक प्रतिवेदन र सचिव कौशिला गुरुङले विधान संशोधन प्रस्ताव गरिन् । ती सबै पारित गरिएको थियो । केन्द्रकी अध्यक्ष बिना गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा सदस्य मिलन थापाले स्वागत र सचिव कौशिला गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया