ग्रीन वेभद्वारा लागुपदार्थ दुव्र्यसनीबाट बच्न सचेत

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्रीन वेभको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा विद्यार्थीहरुका लागि लागुपदार्थ दुव्र्यसनी सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा ७ मा रहेको श्री कृष्ण माविका कक्षा ९ र १० करिब ८० जना विद्यार्थीहरुलाई कुलतमा तथा लागुपदार्थ दुव्र्यसनीबाट बच्न सचेत गराइएको हो ।
कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण गराएका थिए । उनले लागु औषध दुव्र्यसनमा कसरी फसिन सकिन्छ र आफु बेलैमा सचेत कसरी हुने भन्ने बारे प्रशिक्षण गराएका थिए । साथै आफु पनि सचेत हुँदै आफ्ना नजिकका साथीहरुलाई पनि सचेत गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक चिफ एडभाइजर पिएमजेएफ धनीराम बराल, श्री कृष्ण माविका प्रधानाध्यापक टिकाराम लामिछाने, लायन्सका जोन चियर पर्सन गोमा कार्की बास्कोटा, प्रहरी हवल्दार गौतम कुमार हायु, युवा परिषद वडा नम्बर १७ का सदस्य प्रेम घिमिरेलगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गरेकी लायन्स क्लब अफ पोखरा ग्रीन वेभकी अध्यक्ष लक्ष्मी लामाले सचेत नागरिक बनाउन पोखराका स्कुलहरुमा कार्यक्रम आयोजना गरिरहेको बताइन् । कार्यक्रम क्लबकी तृत्तिय उपाध्यक्ष एलिना बरालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमका सञ्चालन क्लबकी सचिव सरस्वती पुरीले गरेकी थिइन् ।









एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
गण्डकी विश्वविद्यालयको सकस
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया