प्रेरणालाई सूर्यरत्नको सम्मान

पोखरा ।
राजनीतिशास्त्र सूर्यरत्न शाक्य प्रतिष्ठानको २० औं साधारण सभामा उत्कृष्ट विद्यार्थी प्रेरण क्रयाप्छाकी मगर सम्मानित भएकी छन् । राजनीतिशास्त्र स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसमा उत्कृष्ट अंक हासिल गर्ने प्रेरणालाई नगद ७ हजार ५ सय र सम्मान पत्र प्रदान गरियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु ध्रुव केसी, तारानाथ बराल, पद्मशरण रेग्मी र उमानाथ बरालसमेत सम्मानित भए । कार्यक्रममा धर्मशिला बुद्ध बिहार नदीपुरका भिक्षु धजवन्तोले राजनीति र बुद्ध दर्शन विषयमा प्रवचन दिए । उनले पञ्चशील अवलम्बनद्वारा राजनीतिको शुद्धीकरण सम्भव हुने धारणा राखे ।
निमित्त क्याम्पस प्रमुख मीनराज लम्सालले प्रतिष्ठानले अनुकरणीय कार्य गरेको बताए । प्रतिष्ठानका अध्यक्ष तथा राजनीतिशास्त्र बिभागका विभागीय प्रमुख प्रा ठानबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लालबहादुर कुँवर, पूर्वअध्यक्ष डा उमानाथ बराल पोलिटिकल साइन्स सोसाइटी अध्यक्ष सुभाष ढुंगाना, पुरस्कृत छात्रा प्रेरणा, पूर्व अध्यक्ष ध्रुव केसी, प्राध्यापक संघका सभापति लक्ष्मीशरण अधिकारी, कोषाध्यक्ष गिरधारी सुवेदी लगायतले बोलेका थिए ।








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया