अपराधजन्य कार्यमा कुनै माफी हुदैनः भण्डारी

लेखनाथ ।
ईलाका प्रशासन कार्यालय लेखनाथमा भरखरै मात्र सरुवा भई आएका सहायक सिडियो कमल भण्डारीले अपराधजन्य घटनामा कुनै माफी नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं २६ ले बिहीबार चाडपर्व लक्षित शान्ति सुरक्षा विषयक छलफल एवं स्वागत सम्मान कार्यक्रममा बोल्दै भण्डारीले कानुनको उल्घंन गरेर गरिएका जुन सुकै काममा माफी नहुने भन्दै नियम अनुसारको कानुनी कारवाही हुनै पर्नेमा जोड दिएका हुन् ।
अपराध जन्य घटना हुन वा जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने अखाद्य वस्तु मिसाउनेलाई राज्यले तोकेको कानुका बारेमा जानकारी लिएर मात्र अनुगम कडाई गर्ने हो भने जो कोहीले पनि मिसावट गर्ने हिम्मत नराख्ने बताएका हुन् ।
सोही अवसरमा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी निरिक्षक प्रकाश दाहालले अपराध गर्न उक्साउने र मतियार बन्नेहरुले समाजमा झन बढि घटना निम्ताएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रहरी जति जिम्मेवारी छ त्यती नै स्थानीय सरकारको रुपमा रहेको वडा कार्यलय जिम्वेरी हुनु पर्ने सुझाव राखेका थिए ।
चाडपर्वको समयमा हुन सक्ने घटनाका बारेमा पूर्व सर्तकता अपनाउनका लागि सम्भव भएका ठाउँमा सीसि टिभी राख्नका लागि यहाँ रहेका बैंक तथा वित्तिय संस्था र बजार ब्यवस्थापन समितिले पहल कदमी गर्नुपर्ने प्रहरी निरिक्षक दाहालको भनाई थियो ।
वडावासीहरुको प्रतिनिधित्व रहने गरि विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रममा वडाअध्यक्ष नरेन थापाले विकास निर्माण देखि शान्ति सुरक्षाको क्षेत्रमा सवै तह र तप्कामा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता जनाएका थिए ।
तपाईको प्रतिक्रिया