राप्रपा कास्कीले गठन गर्‍याे १०७ सदस्यीय निर्वाचन परिचालन समिति

समाधान संवाददाता २०७९ असोज ७ गते १९:२०

पोखरा ।

मंसिरमा ४ मा हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले अध्यक्ष नारायण गुरुङको नेतृत्वमा १०७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टी कार्यालय अमरसिंहचोकमा शुक्रबार बसेको जिल्ला समितिको बैठकले मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको हो ।

निर्वाचन परिचालन समितिमा जिल्ला समितिका सबै सदस्य, जिल्लाका केन्द्रिय सदस्यहरु, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अध्यक्षहरु, प्रदेशसभा निर्वाचन क्षेत्रीय अध्यक्षहरु, गाउँरनगर अध्यक्षहरु र भातृ संगठनका अध्यक्षहरु सदस्य रहनेछन।

Advertisement

पार्टीले परिचालन समिति अन्तरगत उपसमितिहरू समेत गठन गरेर काम गर्ने गरि उपसमिति संयोजकहरु समेत चयन गरेको छ।

परिचालन समिति अन्तरगतका उपसमितिहरु :

Advertisement

१. सल्लाहकार उपसमिति
संयोजक : केन्द्रिय सदस्य जयलाल पुन

२. कार्यक्रम व्यवस्थापन उपसमिति
संयोजक : केन्द्रिय सदस्य शंकर खराल

३. अनुशासन उपसमिति
संयोजक : केन्द्रिय सदस्य बिष्णु पोखरे

४. आर्थिक व्यवस्थापन उपसमिति
संयोजक : जिल्ला उपाध्यक्ष शालिकराम घिमिरे

५. युवा परिचालन उपसमिति
संयोजक : उपाध्यक्ष मनिष केसी

६. महिला परिचालन उपसमिति
संयोजक : उपाध्यक्ष ईश्वरी चापागाई

७. प्रचार प्रसार उपसमिति
संयोजक : गण्डकी प्रदेश सचिव वरुण विक्रम राणा र जिल्ला सचिव भानु भण्डारी

८. संगठन परिचालन उपसमिति
संयोजक : नगर अध्यक्ष विजय भण्डारी

९. भू पू सैनिक परिचालन उपसमिति
संयोजक : भू पू सैनिक संगठन अध्यक्ष गणेश पौडेल क्षेत्री

तपाईको प्रतिक्रिया