युनाइटेड क्लबमा फेरि राजुको नेतृत्व

पोखरा ।
युनाइटेड क्लबको अध्यक्षमा फेरि राजु श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनले फेरि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सचिव पूर्णकला पोख्रेल र सहकोषाध्यक्षमा सीमा गुरुङ चुनिएका छन् ।
सन्तोष कार्की, विष्णुकुमार गुरुङ, जयराम आचार्य, पूर्णकुमार श्रेष्ठ, दिवानी सुवेदी, चन्द्रकुमारी पराजुली, शिव थापा, पदमबहादुर कार्की (विजय) र शान्ति सुवेदी सदस्य निर्वाचित भएका छन् । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल संयोजक र लालकाजी गुरुङ, सुकबहादुर गुरुङ, राजेन्द्र थापा र पवित्रा गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचनका लागि सहजीकरण गरेको थियो ।
सभामा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले युनाइटेड क्लब पोखराको उत्कृष्ट काम गर्ने संस्था भएको बताइन् । उनले संघ, संस्थाले सामाजिक कामसँगै युवा लक्षित योजनाअघि बढाउनुपर्नेमा जोड दिइन् । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा १० का वडा सदस्य परमेश्वर कार्की, अमरसिंह माविका प्रधानाध्यापक तेजस्वी बराल, क्लबका सल्लाहकार लीलाबहादुर जिसी, प्रथम उपाध्यक्ष लोकबहादुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा १२ कक्षा उत्तीर्ण क्लबका आजीवन सदस्यका छोराछोरीलाई बधाईसहित सम्मान गरिएको थियो । सभाले अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिव शान्ताबहादुर थापाले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सूर्यबहादुर बानियाँको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया