गलकोटेबीच शुभकामना आदानप्रदान

पोखरा ।
पोखरामा अस्थायी र स्थायी रुपले बस्दै आएका बागलुङको गलकोट नगरपालिका घर भएकाहरुबीच आइतबार शुभकामना आदानप्रदान भएको छ । नेपालीका पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतको अवसरमा गलकोट समाज कास्कीले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले वडाले गलकोट समाजको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे । १४ नं वडामा समाजको भवन निर्माण भइरहेको छ । १४ नम्बर वडामा मात्र २ सय ५० घर गलकोटे छन् ।
गलकोट समाजका अध्यक्ष खड्कबहादुर थापाले आफूहरुको समाजले गलकोटमा मात्र नभएर सुखदुखमा देशैभर सहयोग गर्दै आएको स्मरण गरे । गलकोट समाज अन्तर्राष्ट्रियका संयोजक वेलुकाजी थापाले समाज घर बनाउन सबैलाई सहयोग गर्न आह्वान गरे ।
कार्यक्रममा गण्डकी हस्पिटलका वरिष्ठ फिजिसियन डा जीवन थापा, गरिमा बैंक हेमजा शाखा म्यानेजर अमृत श्रेष्ठ, पूर्व अध्यक्ष मीनबहादुर खत्री, सल्लाहकार नीलप्रसाद श्रेष्ठ, बमबहादुर छन्त्याल, रुपबहादुर थापा, सचिव खिम थापा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया